काठमाडौं । प्रतिनिधि सभाको बैठक आधा घण्टा सञ्चालन भएर स्थगित भएको छ । मंगलबारको बैठकमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री गोविन्द प्रसाद कोइरालाले वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संसोधन गर्न बनेको विधेयक सदनमा पेश गरेका छन् ।
यस्तै प्रमुख प्रतिपक्षी दल एमालेको आग्रहमा सभामुख अग्नि प्रसाद सापकोटाले एक साताका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन् । एमालेले पार्टीको पोलिटब्युरो बैठक, केन्द्रीय कमिटीको बैठक जस्ता पार्टीका कार्यक्रममा धेरै सांसद सहभागी हुनुपर्ने भएकोले बैठकमा उपस्थित हुन नसक्ने जनाउँदै बैठक स्थगित गर्न आग्रह गरेको थियो । सो आग्रह अनुसार सभामुख सापकोटाले आगामी भदौ १३ गतेसम्मका लागि बैठक स्थगित गरेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
एमालेले भदौ ९ गते पोलिटब्युरो, भदौ १० र ११ गते केन्द्रीय कमिटीको बैठक गर्दैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ भदौ २०७९, १२ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदमा ठूलो ड्रोन कहाँबाट आएर खस्यो ? भन्दै रामहरि खतिवडाको प्रश्न
एक साताका लागि प्रतिनिधि सभाको बैठक स्थगित
गृहमन्त्रीलाई बर्खास्त गर्न सरकारसँग राप्रपाको माग
प्रतिनिधि सभा बैठक जारी
प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित
सर्यो प्रतिनिधि सभा बैठकको समय