कैलालीका दुई स्थानमा शंकास्पद वस्तु फेला

सफल खबर संवाददाता

मंगलबार, ०७ भदौ २०७९, ०८ : ०५
कैलालीका दुई स्थानमा शंकास्पद वस्तु फेला

flle Pic

धनगढी । कैलालीका दुई ठाउँमा शंस्कापद वस्तु फेला परेका छन्।  गोदावरी नगरपालिका-१ अत्तरियास्थित मोहनापुल-अत्तरिया ६ लेन सडकखण्ड र पूर्वपश्चिम राजमार्ग अन्तरगत हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।

अत्तरियामा कपडामा बेरेको अवस्थामा र हरैयामा प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  मंगलबार नेपाल बन्द आह्वान गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले ती शंकास्पद वस्तु राखेको हुनसक्ने प्रहरीले अनुमान छ । 

उक्त शंकास्पद वस्तु निस्क्रिय पार्न नेपाली सेनाको टोली घटनास्थल पुग्दै छ। बन्दका कारण बजार, यातायात पूर्णतया बन्द नै रहेका छन्।

प्रतिक्रिया दिनुहोस