काठमाडौं । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय कार्यालय सुविधानगर, तीनकुनेमा खोलिएको छ । भट्टराईले सोमबार पार्टी केन्द्रीय कार्यालय सुविधानगरमा खोलेको जानकारी दिए ।
उनले पार्टीका पाँच प्रतिबद्धता पनि सार्वजनिक गरेका छन् । उनका अनुसार नेसपाको पाँच प्रतिबद्धतामा समावेशीता, संघीयता, सुशासन, समृद्धि र समाजवाद हुन् ।
जसपासँग असन्तुष्ट रहँदै बाबुरामले छुट्टै पार्टी गठन गरेका हुन् । उनको पार्टीले माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडा लिएर आगामी निर्वाचनमा उम्मेदवारी दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ भदौ २०७९, १६ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘बुढीगण्डकी आयोजना अघि बढाउने पहल सकारात्मक’ : डा. बाबुराम भट्टराई
रास्वपा सरकारले बुढीगण्डकी आयोजनालाई पुनः अघि बढाउने पहल गर्नु सकारात्मक : भट्टराई
भारत जाँदै बाबुराम भट्टराई
बालेन्द शाहलाई बाबुराम भट्टराईले दिए यस्तो शुभकामना...
जेन-जी आन्दोलन भड्काउन टिओबी समूहले नियोजित भूमिका खेलेको देखिन्छ : बाबुराम भट्टराई
अब राजनीति ‘पुस्तान्तरण’ उल्टाउन सकिँदैन: बाबुराम भट्टराई