काठमाडौँ । संघीय निजामती ऐन जारी गर्न माग गर्दै सर्वोच्चका कर्मचारी आन्दोलित भएका छन्। ऐन जारी नहुँदा कर्मचारीको असर परेको भन्दै कर्मचारीहरूले धर्ना दिएका हुन्। केन्द्रीय ट्रेड युनियनको आह्वानमा आफूहरूले आन्दोलन थालेको हरि भट्टराईले जानकारी दिए।
उनका अनुसार सोमबार एक घण्टा धर्ना दिइएको छ भने १७ गतेसम्म हातमा कालोपट्टी बाँधेर काम गर्ने गरिनेछ।संघीय निजामती ऐनसँगै संयुक्त ट्रेड युनियन सञ्जालले अरू माग पनि उठाएका छन्।
उनीहरू क्षतिपूर्ति सहितको नागरिक सेवा प्रवाहको सुनिश्चितता गर तीनै तहमा कार्यरत कर्मचारीहरूलाई निजामतीको परिभाषामा समावेश गर्न, तीनै तहमा कायम हुने गरी तहगत प्रणाली लागू गर्न माग गरेका छन्।
त्यस्तै, तीनै तहमा अन्तरसम्बन्ध कायम हुने सुनिश्चिततासहित राष्ट्रिय स्तरका ट्रेड युनियन र आधिकारिक ट्रेड युनियनको व्यवस्था गर्न, राष्ट्रिय स्तरका ट्रेड युनियनहरूको सहभागितासहित पे कमिसन गठन गर्न, तीनै तहमा कार्यरत कर्मचारीहरूको समान अवधिमा वृत्ति विकासको सुनिश्चितता गर्न र अस्थायी, करार, ज्यालादारी कर्मचारीहरूको न्यायोचित व्यवस्थापन गर्न माग गरेका छन्।
उनीहरूले सबै पदका कर्मचारीहरूको पदसोपान अनुसार तलवमान कायम गर्न र संघ, प्रदेश र स्थानीय तहमध्ये एक तहबाट अर्को तहमा सेवा प्रवेश गर्दा सेवा निरन्तरता कायम गर्न आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ भदौ २०७९, १२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
पूर्व विशिष्ट पदाधिकारीविरुद्धको रिटमा अन्तरिम आदेश नदिने सर्वोच्चको निर्णय
शैक्षिक सत्र सुरु नहुँदै विद्यार्थी भर्ना सुरु नगर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्माको पद यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश
दुर्गा प्रसाईँलाई कारबाही गर्ने आयोगको फाइल मगाउन सर्वोच्चको आदेश