जाजरकोट । नेपाली सेनाको क्याप्टेन हुँ भन्दै हिँड्ने एक व्यक्ति पक्राउ परेका छन्। जाजरकोट नलगाड नगरपालिका–१३ खातीगुर्ताका २७ वर्षीय विष्णु गिरीलाई नक्कली कागजातसहित प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय दल्लीका अनुसार सरकारी छाप, दस्तखतको दुरुपयोग गरी नक्कली परिचयपत्र बनाई हिँड्ने गरेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गिरीलाई पक्राउ गरेका हो।
पक्राउ परेका गिरीका साथबाट नेपाली सेनाको सहसेनानी दर्जा सहितको फोटो भएका परिचयपत्र समेतका कार्डहरु फेला परेपछि पक्राउ गरिएको प्रहरी निरीक्षक पुस्कर पन्तले जानकारी दिए । उनका अनुसार पक्राउ परेका गिरीलाई अनुसन्धानका लागि जिल्ला अदालतले पाँच दिनको म्याद दिएको छ।
उनी माथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ भदौ २०७९, १० : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्रोत नखुलेको नगद सहित तीन जना पक्राउ
७३० राउण्ड गोली सहित ८ जना पक्राउ
नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ
मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ
बाँके जिल्ला अदालतका नायब सुब्बा घुससहित पक्राउ
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ