काठमाडौँ । प्रतिनिधिसभाको आइतबारको बैठक स्थगित भएको छ। आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनका कारण स्थगित भएको सांसदले स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार आज गिरिको श्रद्धाञ्जली र अन्त्येष्टिमा सहभागी हुनुपर्ने भएकाले नेपाली कांग्रेसको आग्रहमा प्रतिनिधिसभा बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो। तर सोमबारको बैठक पनि शोक प्रस्ताव पारित गरेर स्थगित हुनेछ।
शनिबार राति ९:३० बजे ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएका गिरि नेपाली कांग्रेसका नेता एवम् समाजवादी चिन्तकसमेत हुन्। कांग्रेसका एक नेताका अनुसार गिरिको पार्थिव शरीरलाई बिहान अस्पतालको शिवालय र पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिनेछ र त्यसपछि पशुपतिमा अन्त्येष्टि गरिने कार्यक्रम तय भएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ भदौ २०७९, ०८ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद्को कार्यसूचीबाट हटाइयो भूमि विधेयक
प्रतिनिधिसभा बैठकमा आज पनि रास्वपाको अवरोध
डोलप्रसाद र रामहरिबीच संसदमा चर्काचर्की
प्रतिनिधिसभामा रास्वपा र राप्रपाको अवरोध
शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक सर्यो
भिजिट भिसा प्रकरणमा अविलम्ब छानबिन समिति गठन गर्न माओवादीको माग