न्यूयोर्कमा महात्मा गान्धीको मूर्ति तोडफोड

एजेन्सी

शनिबार, ०४ भदौ २०७९, ११ : ०४
न्यूयोर्कमा महात्मा गान्धीको मूर्ति तोडफोड

एजेन्सी । न्यूयोर्कमा भारतीय महावाणिज्य दूतावासले शुक्रबार न्यूयोर्कमा हिन्दू मन्दिर बाहिर महात्मा गान्धीको मूर्ति तोडफोडको कडा निन्दा गरेको छ। न्युयोर्कस्थित भारतीय कन्सुलेटले ‘घृणित कार्यका’ लागि जिम्मेवार व्यक्तिहरूलाई जवाफदेही बनाउन अमेरिकी अधिकारीहरूसँग अनुरोध गरेको छ।

‘न्युयोर्कको क्वीन्समा रहेको एक मन्दिर बाहिर महात्मा गान्धीको मूर्ति तोडफोडको कडा निन्दा गर्दछौँ। हामीले यस घृणित कार्यका लागि जिम्मेवार व्यक्तिहरूलाई जवाफदेही बनाउनको लागि पूर्णअनुसन्धानको लागि अमेरिकी अधिकारीहरूसमक्ष मुद्दा उठाएका छौंँ’, वाणिज्य दूतावासले एक विज्ञप्तिमा भनेको छ।

एक व्यक्तिले मंगलबार महात्मा गान्धीको मूर्तिलाई ह्यामरले हिर्काएको देखाएको छ। मूर्तिको टाउको फुटाउनुअघि यसलाई माथि फ्याँकिएको थियो।

प्रतिक्रिया दिनुहोस