न्युजिल्याण्डमाथि वेस्ट इन्डिजको सहज जीत

एजेन्सी

विहीबार, ०२ भदौ २०७९, ०९ : २३
न्युजिल्याण्डमाथि वेस्ट इन्डिजको सहज जीत

एजेन्सी । घरेलु टोली वेस्टइन्डिजले न्युजिल्याण्डविरुद्धको पहिलो एकदिवसीयमा जित हात पारेको छ । बारबाडोसमा बिहीबार बिहान भएको खेलमा वेस्ट इन्डिज ५ विकेटले विजयी भएको हो ।

जितसँगै तीन खेलको एकदिवसीय सिरिजमा घरेलु टोलीले १-० को अग्रता बनाएको छ । पाहुना टोलीले दिएको १ सय ९१ रनको लक्ष्य घरेलु टोलीले ३९ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो ।

त्यसअघि पहिले ब्याटिङ गरेको पाहुना टोलीले ३९ ओभरको अन्तिक बलमा अलआउट हुदै १ सय ९० रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस