विद्युत प्राधिकरणको नाफाको ग्राफ अझै बढ्छ : कुलमान घिसिङ

सफल खबर संवाददाता

बुधबार, ०१ भदौ २०७९, १९ : ५९
विद्युत प्राधिकरणको नाफाको ग्राफ अझै बढ्छ : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफाको ग्राफ अझै बढ्ने बताएका छन् । बुधबार काठमाडौंमा भएको प्राधिकरणको ३७औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै घिसिङले यस्तो बताएका हुन् ।

उनले प्राधिकरणलाई अझ उत्कृष्ट बनाउने गरी काम गर्ने प्रतिबद्धता जनाए । कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले विद्युत निर्यातको विषयमा चिन्ता लिन आवश्यक रहेको बताए । उनले प्राधिकरणको आर्थिक सुधार गर्न सरकार समेत लागेको बताए । उनले वर्तमान सरकार आएसँगै प्राधिकरण विद्युत निर्यात गर्न सफल भएको बताए ।

घिसिङले भनेका छन्, ‘विद्युत प्राधिकरण चिन्ता मात्रै व्यक्त गरेर बसेको भए नेपाल अझै लाडसेडिङमा र विद्युत प्राधिकरण घाटामा नै भइरहने थियो । चिन्तासँगै त्यसको समाधान र व्यवस्थापन पनि छ । जति हामीले जोखिम मोल्छौं त्यति प्राधिरकणलाई फाइदा हुन्छ ।

अहिले प्राधिकरण निजी क्षेत्रबाट विद्युत उत्पादन कम्पनी अगाडि आउनुपर्छ भनेर अगाडि बढेको छ । त्यसको कारण प्राधिकरणको ग्राम माथि उकालो लाग्दैछ । उकालो लागि रहन्छ ।’

उनले थप भनेका छन्, ‘तपाईहरुलाई प्रतिबद्धताका साथ भन्छु आगामी दिनमा प्राधिकरणको ग्राफ अझै उकालो लाग्छ । यो विषयमा हामी बढी चिन्तित हुनुपर्ने आवश्यकता छैन । सरकार लागेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र उर्जामन्त्री पम्फा भुसालको आगमनसँगै प्राधिकरणले विद्युत व्यापार गर्न सफल भएका छौं । सानो झिल्कोले पनि ठूलो काम गर्छ । साना कुरामा चिन्ता गर्नपर्छ जस्तो लाग्दैन । यो शुरुवात हो ।’

यसका साथै उनले शुरुवातमा केही शुभ संकेत देखाएको र आगामी दिन धेरै राम्रो बन्दै जाने उनको भनाइ छ । उनले थपे, ‘विद्युत निर्यातका विषयमा चिन्ता गर्नु पर्दैन । चिन्ता प्राधिकरणलाई कसरी व्यवस्थित गर्ने कर्मचारीले बढी भन्दा बढी काम गरेर प्राधिकरणलाई उत्कृष्ट संस्थाको रुपमा अगाडि बढाउने कुरामा गम्भिर हुनुपर्छ ।’

उनले विद्युत प्राधिकरणका कर्मचारीको तलव खानसमेत ऋण लिनुपर्ने अवस्थाको अन्त्य भएको बताए । उनले प्राधिकरणका कर्मचारीले बोनस लिने निर्णय नहुँदै अख्तियारदेखि १० ठाउँबाट पत्र आउने स्मरण गरे । कार्यकारी निर्देशक घिसिङले अहिले प्राधिकरण नाफामा रहेकाले तलव खान ऋण लिनुपर्ने अवस्था अन्त्य भएको बताए ।

उनले प्राधिकरणले कर्मचारीको वृद्धि विकास र सेवा सुविधामा चार वर्षमा ठूलो फड्को मारको बताए । घिसिङले पछिल्लो पाँच वर्षभित्र करिव तीन गुणा विद्युत खपत बढाएको बताए । उनले प्राधिकरणले धेरै पूर्वाधार विकास र सवस्टेसन र ट्रान्समिसन लाइनहरु बनाएकाले पनि खपत बढेको बताए । उनले प्राधिकरण राज्यको सबै संयन्त्र नभएको भन्दै राज्यले पनि गर्नुपर्ने बताए । घिसिङले प्रत्येक वर्ष २० देखि २५ प्रतिशतले विद्युत खपत बढाएर उर्जा क्षेत्रको ठूलो फड्को मारको बताए ।

उनले भनेका छन्, ‘हिजो विद्युत प्राधिकरण कर्मचारीहरुले तलव खानको लागि पनि ऋण लिनुपर्ने अवस्था थियो । त्यो बेला सानो इन्सेन्टिभ खाऔं भनेर बोर्डले पास गर्न नपाई अख्तियारबाट चिठी आउने गथ्र्यो । १० स्थानबाट पत्र आउने थियो । कुनै पनि निर्णयको कार्यान्वयन नहुने गरेको थिएन । आज त्यो स्थितिको अन्त्य भएको छ । प्राधिकरण नाफामा नभएको भए सम्भव छ । प्राधिकरणले कमाइ रहेकाले यो सम्भव भएको हो ।’

उनले फेरि भने, ‘प्राधिकरणले कर्मचारीको वृद्धि विकास र सेवा सुविधाभा चार वर्षमा ठूलो फड्को मारको छ । त्यस्तै प्राधिकरणले पछिल्लो पाँच वर्षभित्र करिव तीन गुणा विद्युत खपत बढाएको छ । प्राधिकरणको विद्युत खपत बढाउने कार्ययोजनाको कारणले बढेको हो । प्राधिकरणले धेरै पूर्वाधार विकास र सवस्टेसन र ट्रान्समिसन लाइनहरु बनाएका छौं । प्राधिकरण राज्यको सबै संयन्त्र होइन । राज्यले पनि गर्नु पर्छ । तर विद्युत खपत नबढेको छैन । प्रत्येक वर्ष २० देखि २५ प्रतिशतले विद्युत खपत बढ्नु भनेको उर्जा क्षेत्रको ठूलो फड्को हो । अझै विद्युतको खपत बढाउनु पर्छ ।’

निर्देशक घिसिङले विद्युत प्राधिकरणले ३७ वर्षको इतिहासमा सबैभन्दा बढी १६ अर्ब १६ करोड ५० लाख खुद मुनाफा आर्जन गर्न सफल भएको बताए । उनले विद्युत खपतमा भएको वृद्धि,विद्युत चुहावट नियन्त्रण, प्राधिकरणको विद्युत गृहबाट उत्पादित विद्युत परिणाममा भएको वृद्धि, ४५७ मेगावाट माथिल्लो तामाकोशी जलविद्युतको सञ्चालन, विद्युत आयातमा कमी, निर्यातमा भएको वृद्धि र अन्य आयमा भएको वृद्धि तथा खर्च नियन्त्रणका कारणले मुनाफा आर्जन सम्भव भएको दाबी गरे ।

उनले नेपालका ९३ प्रतिशत जनताले विद्युत सुविधा पुगेको बताए । घिसिङले वैकल्पिक उर्जा समेत गरेर करिव ९६ प्रतिशत जनताले विद्युत सुविधा पाएको दाबी गरे । उनले अहिलेसम्म ४२ जिल्ला पूर्णविद्युतीकरण भएको र आगामी दुई वर्षभित्र शतप्रतिशत जनता सामु विद्युत पहुँच पु¥याउने सरकारको लक्ष्य पूरा गर्न प्राधिकरणले सम्पूर्ण साधन, स्रोत परिचालन गरेको बताए ।

उनले विद्युत चुहावट प्राधिकरणको आर्थिक सुधार गर्नु मुलमन्त्र पनि बताए । उनले भारतलाई अहिले दैनिक ४०० सय मेगावट विद्युत निर्यात गरिरहेको बताए । विद्युत निर्यात बृद्धि हुँदा प्राधिकरणको आर्थिक अवस्थामा सुधार आउनुको साथै विदेशी मुद्रा सञ्चितिमा बृद्धि भई राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलो टेवा पुगेको घिसिङको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस