काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा सामान्य गिरावट भएको छ । आइतबारसम्म लगातार पाँच दिन घटेको नेप्से सोमबार ५५.८८ अंकले वृद्धि हुँदा मंगलबार २४.८३ अंकले घटेको थियो । तर, बुधबार ०.३६ अंकको सामान्य गिरावट हुँदा २०४०.७० अंकमा बन्द भएको छ ।
दिनभर उतारचढाव देखिएको बजारमा सुरुवाती समयमा नेप्सेमा वृद्धि भए पनि अन्तिममा घटेर बन्द भएको हो । नेप्सेसँगै बैंकिङ जीवन बीमा, होटल तथा पर्यटन, व्यापार लगानी र अन्य उपसूचकमा सामान्य गिरावट हुँदा हाइड्रोपावर उपसूचक सर्वाधिक ०.६८ प्रतिशतले वृद्धि भएको छ ।
नेप्सेसँगै कारोबार रकम पनि तल झरेको छ । सोमबार २ अर्ब ४३ करोडको कारोबार भएको बजारमा मंगलबार २ अर्ब ७३ करोडको कारोबार भएको थियो । तर, बुधरबार कारोबार रकम घटेर डेढ अर्बबाट तल झरेको छ । बुधबार बजारमा ३४ लाख ९७ हजार ८८१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४० करोड ६० लाख कारोबार भएको छ । जसमध्ये रिडी हाइड्रोपावरको सर्वाधिक १८ करोड ४३ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको ६ करोड ९१ लाखको कारोबार भएको छ ।
बुधबार बजारमा कुल १८५ कम्पनीको सेयर कारोबार भएकोमा १०२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ६९ कम्पनीको सेयर मूल्य बढ्दा १४ कम्पनीको स्थिर छ । कारोबार भएकोमध्ये श्वेतगंगा हाइड्रोपावर, मंदाकीनी हाइड्रोपावर, अपर हेवाखोला जलविद्युत् कम्पनी, अपर सोलु हाइड्रो इलेक्ट्रिसिटी कम्पनी र सपोर्ट लघुवित्तको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ भदौ २०७९, १५ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लगातार बढ्यो सेयर बजार, १८ अर्ब ४९ करोडको कारोबार
८० अंक बढ्यो सेयर बजार, २० अर्ब नाघ्यो कारोबार
सेयर बजारमा उतारचढाव, साढे २१ अर्बको कारोबार
यो साता ५ प्रतिशत बढ्यो बजार
सेयर बजारमा उच्च वृद्धि, साढे १६ अर्बको कारोबार
नेप्से २७९४ अंकमा, १४ अर्बको कारोबार