काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू झापाबाटै प्रतिनिधिसभाको चुनाव लड्ने प्रष्ट पारेका छन् ।
कतिपयले उनलाई काठमाडौं–५ बाट चुनाव लड्न सक्ने बताइरहेका बेला महामन्त्री शर्माले त्यो सम्भावनालाई नकार्दै झापाबाटै उम्मेदवार बन्ने प्रष्ट पारेका हुन् ।
‘प्रेम उता, घरजम यता कुरै हुन्न’, ट्वीटरमा ट्वीट गर्दै शर्माले भनेका छन् । उनले थप प्रष्ट पार्दै भनेका छन्, ‘बागमतीको किनारलाई श्रद्धापुर्वक ढोग्ने हो । तर मान्छे म मेची र निन्दा किनारकै हो ।’
उनले उम्मेदवार नभए पनि काठमाडौं–५ को चुनाव प्रचारमा खटिने बताएका छन् । ‘काठमाडौं– ५ मा चुनाव प्रचारमा पुग्नेछु नै । तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ भदौ २०७९, १० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पराजयको सम्पूर्ण दोष बोक्न तयार छु: विश्वप्रकाश शर्मा
मतदाताको फैसला स्वीकार्य छ : विश्वप्रकाश शर्मा
मतदान पछि विश्वप्रकाश शर्माले भने- भयरहित वातावरणमा मतदान गरौँ
शेरबहादुर देउवालाई विनम्रतापूर्वक आग्रह गरेर नेतृत्व छाड्न लगाएका हौँ : विश्वप्रकाश शर्मा
चुनावपछि काँग्रेस पहिलो पार्टी बन्ने विश्वप्रकाश शर्माको दाबी
‘पहिलो हुने दलको प्रधानमन्त्रीलाई पूरै ५ वर्ष सरकार चलाउने सुनिश्चितता गरौँ’ : विश्वप्रकाश शर्मा