काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू झापाबाटै प्रतिनिधिसभाको चुनाव लड्ने प्रष्ट पारेका छन् ।
कतिपयले उनलाई काठमाडौं–५ बाट चुनाव लड्न सक्ने बताइरहेका बेला महामन्त्री शर्माले त्यो सम्भावनालाई नकार्दै झापाबाटै उम्मेदवार बन्ने प्रष्ट पारेका हुन् ।
‘प्रेम उता, घरजम यता कुरै हुन्न’, ट्वीटरमा ट्वीट गर्दै शर्माले भनेका छन् । उनले थप प्रष्ट पार्दै भनेका छन्, ‘बागमतीको किनारलाई श्रद्धापुर्वक ढोग्ने हो । तर मान्छे म मेची र निन्दा किनारकै हो ।’
उनले उम्मेदवार नभए पनि काठमाडौं–५ को चुनाव प्रचारमा खटिने बताएका छन् । ‘काठमाडौं– ५ मा चुनाव प्रचारमा पुग्नेछु नै । तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ भदौ २०७९, १० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘पार्टीको विशेष महाधिवेशन अब भने बाध्यकारी भयो’ : विश्वप्रकाश शर्मा
जेनजी समूहबिच भएको सहमति कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्छ : विश्वप्रकाश शर्मा
फागुन २१ को चुनाव यी २ कारणले सर्न सक्छ : विश्वप्रकाश शर्मा
विशेष महाधिवेशनको माग बेवास्ता गरिए राजीनामा दिन्छु : विश्वप्रकाश शर्मा
विशेष महाधिवेशन आयोजना गर्ने कि नगर्ने अहिलेको मूल प्रश्न हो : विश्वप्रकाश शर्मा
विश्वप्रकाश शर्माद्वारा चुनावअघि महाधिवेशन गर्न सकिने चार विकल्प प्रस्ताव