काठमाडौं । निर्वाचन आयोगले निर्वाचन प्रयोजनार्थ आयोगमा दर्ताका लागि निवेदन दिएका सबै दलको भोलि (बुधवार) बाट जाँच गर्ने भएको छ । मंगलबार निर्वाचन आयोगमा दल दर्ता निवेदन गर्न पुगेका दलहरुको बारेमा जानकारी गराउँदै आयोगले यस्तो बताएको हो ।
सञ्चारकर्मीसँगको कुराकानीमा निर्वाचन आयोग, नेपालका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन प्रयोजनार्थ आयोगमा दल दर्ताको निवेदन दिएका सबै दलहरुको भोलिबाट जाँचपरक गर्ने, हेर्ने, कानून बमोजिम छन् कि छैनन् ? प्राप्त गर्नुपर्ने सबै कागजात छ कि छैन भन्नेकुराको परीक्षण सुरु हुने बताए ।
उनले सबै कुराको परीक्षण गरेर दलहरुलाई दर्ताका लागि आयोगमा पेस गर्ने काम शुरु हुने बताए । उनले आयोगले निर्णय गरेपछि, कानूनसम्मत आयोगले ठहर गरेको खण्डमा आगामी निर्वाचन प्रयोजनका लागि दलहरु दर्ता हुने बताए ।
उनले भने, ‘निर्वाचन प्रयोजनार्थ आयोगमा दर्ताको निवेदन भएका सबै दललाई भोलिबाट जाँचपरक गर्ने, हेर्ने, कानून बमोजिम छन् कि छैनन् ? प्राप्त गर्नुपर्ने सबै कागजात छ कि छैन ? यो सबै कुराहरु हेरेर ती सबै दलहरुलाई दर्ताका लागि आयोगमा पेस गर्नेछौँ । आयोगले निर्णय गरेपछि, कानूनसम्मत आयोगले ठहर गरेको खण्डमा आगामी निर्वाचन प्रयोजनका लागि ती दलहरु दर्ता हुनेछन् ।’
प्रवक्ता पौडेलले संयुक्त निर्वाचन चिन्ह लिएर चुनावमा प्रतिष्पर्धा गरेपनि निर्वाचनपछि भने सबैभन्दा बढी सिट ल्याउने दलको नाममा संसदीय दल गठन हुने बताए । उनले चुनावमा कुनै एउटा चिन्हबाट प्रतिष्पर्धा गरेको भएपनि निर्वाचनपछि चुनाव चिन्ह लिएको दलको भन्दा अर्को पार्टीले बढी सिट ल्याएमा बढी सिट ल्याएको पार्टीको नाममा संसदीय दल गठन हुने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ साउन २०७९, २० : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने