काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाली, विदेशी तथा नेपालमा दर्ता भएका फर्म, कम्पनी, संस्था तथा शाखा कार्यालयले १५ लाख रुपैयाँसम्म रेमिट्यान्स भित्र्याउन पाउने व्यवस्था गरेको छ ।
एकीकृत परिपत्र-२०७८ लाई परिमार्जन गर्दै राष्ट्र बैंकले यस्ता कार्यालय वा व्यक्तिले बिक्री, कमिसन, शुल्क, पारिश्रमिकलगायत प्रयोजनका लागि फिर्ता नहुने गरी रेमिट्यान्स भित्र्याउन सक्ने व्यवस्था गरेको हो । विदेशी नागरिक, फर्म, कम्पनी वा संस्थाबाट प्राप्त हुने रकम रेमिट्यान्स कम्पनीमार्फत ल्याउन मिल्ने व्यवस्था गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
यसअघि, यस्तो रेमिट्यान्स १० लाख रुपैयाँसम्म मात्र ल्याउन मिल्ने व्यवस्था थियो । रेमिट्यान्स ल्याउन स्वीकृति दिने कम्पनीले रकम संकलन तथा भुक्तानी गर्दा ग्राहक पहिचानका लागि कागजातहरू अनिवार्य लिनुपर्नेछ । उक्त कारोबारसम्बन्धी विवरण मासिक रूपमा राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागमा बुझाउनुपर्नेछ ।
यस्तै, उक्त परिपत्रमार्फत राष्ट्र बैंकले एक वर्ष वा सोभन्दा बढी अवधिको विदेशी ऋण भित्र्याएका वाणिज्य बैंकहरूलाई विदेशी विनिमय जोखिम हेजिङ गर्ने प्रयोजनका लागि ऋणको बक्यौता सावाँ तथा ब्याज बराबर हुने रकमसम्मको र ऋणको अवधिसम्मको डेरिभेटिभ्सको खरिद कारोबार गर्न सक्ने व्यवस्था गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ साउन २०७९, १६ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकले एकैदिन एक खर्ब २० अर्ब निक्षेप तान्दै
तरलता व्यवस्थापनका लागि ४० अर्ब रुपैयाँ संकलन गर्ने राष्ट्र बैंकको तयारी
राष्ट्र बैंकको प्रतिवेदन- घरजग्गा कारोबारमा सुधारको संकेत, मौसमी उतारचढाव
राष्ट्र बैंकले वित्तीय प्रणालीबाट सवा खर्ब खिच्दै
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त