प्रधानमन्त्रीको आश्वासनपछि मधेस सरकारको धर्ना स्थगित

सफल खबर संवाददाता

मंगलबार, ३१ साउन २०७९, १२ : २४
प्रधानमन्त्रीको आश्वासनपछि मधेस सरकारको धर्ना स्थगित

जनकपुरधाम । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी समायोजन गर्ने आश्वासन दिएपछि मधेस सरकारले धर्ना स्थगित गरेको छ। धर्नाको तेस्रो दिन मुख्यमन्त्री लालबाबु राउतले पत्रकार सम्मेलनको आयोजना गर्दै धर्ना स्थगित गरेको जानकारी दिए।

प्रधानमन्त्री देउवाले आउने सरकारले प्रहरी समायोजन पहिलो प्राथमिकतामा राख्ने बताएपछि धर्ना स्थगित गरिएको हो। सोमबार गृहमन्त्रीसँग तीन चरणमा कुरा भएको थियो।

प्रतिक्रिया दिनुहोस