काठमाडौं । बिरामी बोक्ने एम्बुलेन्सबाट प्रतिबन्धित गाँजा बरामद भएको छ । सिरहा प्रहरीले को १ च ७५७७ नम्बरको एम्बुलेन्स चेकजाँच गर्दा ९० किलो गाँजा बरामद गरेको हो । प्रहरीले एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरि कार्यालय लहानका डिएसपी कुमार मैनालीको कमाण्ड खटिएको प्रहरी टोलीले पुर्व पछिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको एम्बुलेन्सलाई चेकजाँच गर्दा जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानको अगाडिबाट नियन्त्रणमा लिएको हो ।
गाँजासहितको एम्बुलेन्स र चालकलाई इलाका प्रहरी कार्यलय लहानमा राखेर अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ साउन २०७९, ०८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘पिकअप भ्यान’ सहित १७६ किलो गाँजा बरामद
ठोरीबाट ९१ केजी गाँजा बरामद
एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद
दुई सय १३ किलोग्राम गाँजा बरामद
लालबन्दीबाट ३८ केजी गाँजासहित एक जना पक्राउ
२ सय ६८ किलो गाँजा बरामद