काठमाडौं । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि सरकारले ‘केन्द्रीय कमान्ड पोष्ट’ गठन गरेको छ । गृहमन्त्रालयमा आज सोमबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचन सम्पन्न गर्न मन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा ६ सदस्यीय ‘केन्द्रीय कमान्ड पोष्ट’ बनाएको हो । बैठकले गृहमन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा ‘केन्द्रीय संयुक्त निर्वाचन सेल’ बनाउने निर्णय गरेको छ।
पोखरेलकै संयोजकत्वमा ‘गृहमन्त्रालय, निर्वाचन सेल’ बनाइने भएको छ । त्यस्तै प्रत्येक प्रदेशका लागि सम्पर्क र समन्वयका लागि गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा रहने गरी ‘प्रदेश समन्वय तथा सम्पर्क सेल पनि बनाउने निर्णय भएको गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।
यसैगरी प्रदेश स्तरमा कमान्ड पोष्ट तथा प्रदेश निर्वाचन सेल र जिल्ला स्तरमा जिल्ला कमान्ड पोस्ट तथा जिल्ला निर्वाचन सेल बनाउने पनि निर्णय भएको छ । प्रवक्ता पोखरेलका अनुसार बैठकले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका केन्द्रीय कार्यालय प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा सांगठनिक आवश्यकताअनुसार निर्वाचन सेल बनाउन सक्ने निर्णय पनि गरेको छ ।
गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको बैठकमा आगामी मंसिर ४ गतेका लागि निर्धारित प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने सुरक्षा रणनीति र निर्वाचन सम्पन्न गर्न देखिन सक्ने चुनौतीबारे छलफल भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० साउन २०७९, १४ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय
गृह मन्त्रालयको नियन्त्रण कक्षबाट देशभरको निर्वाचन सुरक्षा गतिविधि अनुगमन
निर्वाचनको सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय
विवादमा तानिँदै घन्टी पार्टी, वालेन्द्र साहको नागरिकता विवरणबारे छानबिन गर्न गृह मन्त्रालयमा उजुरी
निष्पक्ष र निर्भीक भई आचारसंहिता अनुगमन गर्न सहायक प्रजिअलाई गृह मन्त्रालयको निर्देशन
निर्वाचन तयारीबारे आयोग र गृह मन्त्रालयबीच छलफल