संघीय शासन प्रणाली सवलीकरणका विषयमा छलफल सुरु

सफल खबर संवाददाता

सोमबार, ३० साउन २०७९, १२ : ४३
संघीय शासन प्रणाली सवलीकरणका विषयमा छलफल सुरु

 काठमाडौं ।  कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा संघीय शासन प्रणाली सवलीकरणका विषयमा छलफल सुरु भएको छ ।

कणाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको व्यवस्थापन, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहजीकरण तथा राष्ट्रियसभा, संघीयता कार्यान्वयन अध्ययन तथा अनुसन्धान संसदीय विशेष समितिको आयोजनामा आजबाट छलफल सुरु भएको छ । अन्तरक्रियात्मक छलफल कार्यक्रमको उद्घाटन राष्ट्रियसभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरे ।नेपालको संविधानको धारा ५६ उपधारा ९२० को कार्यान्वयनको अवस्था, राष्ट्रियसभा नियमावली, २०५७ को उपनियम ७८ बमोजिम गठित समितिका काम कर्तव्य अधिकारलगायत विषयमा छलफलका लागि समितिले देशभरका प्रदेश राजधानीमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै आएको जनाइएको छ । सोहीअनुसार दुई दिनसम्म कर्णाली वीरेन्द्रनगरमा पनि अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना हुनेछ । 

अन्तरक्रियामा कर्णाली सरकारका मुख्यमन्त्री, सभामुख, मन्त्री, उपसभामुख, प्रदेश नीति तथा योजना आयोगका पदाधिकारी, विपक्षी दलका नेता, समितिका सभापति, दलका नेता, प्रदेश लोकसेवा आयोगका पदाधिकारी, मुख्यन्यायाधिवक्ता, स्थानीय तहका प्रमुख, उपप्रमुख, राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, निजी क्षेत्र, गैरसरकारी क्षेत्र, नागरिक समाज र पत्रकार तथा सञ्चारकर्मीको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस