अमेरिकी वैज्ञानिकहरुले बनाए ‘सुपर ड्रग’

सफल खबर संवाददाता

सोमबार, ३० साउन २०७९, ११ : ०५
अमेरिकी वैज्ञानिकहरुले बनाए ‘सुपर ड्रग’

 काठमाडौं । अमेरिकी वैज्ञानिकहरुले एउटा यस्तो ड्रग विकास गरेका छन्, जो सुपरबग्स विरुद्ध कामयावी हुन सक्ने विश्वास गरिएको छ । अनुसन्धानका दौरान यो औषधीले सयौं ब्याक्टेरिमा मार्न सक्षम रहेको पाइएको छ । यी सबै ब्याक्टेरियामा सामान्य औषधीप्रति रेसिस्टेन्ट छन् । सुपरबग्ग एउटा यस्तो ब्याक्टेरिया, भाइरस, प्यारासाइट वा फंगस हो, जसमाथि एन्टीबायोटिक औषधीहरुको केही असर हुँदैन । एक जीवाणु सुपरबग्ग बन्नुको मुख्य कारण बढी मात्रामा एन्टीबायोटिक औषधी लिनुलाई मानिन्छ ।

सामान्य ब्याक्टेरियाका क्रोमोजोमहरुले एन्टीबायोटिक औषधीको प्रोटिन मोलिक्युल्स भत्काउँछन् र तिनीहरु विरुद्ध प्रतिरोधात्मक क्षमता विकास गर्छन् । डेलीमेलको रिपोर्टअनुसार सुपरबग्गको इन्फेक्सनबाट हरेक वर्ष ७० लाख मानिसहरुको मृत्यु हुने गर्छ । यसलाई ग्लोबल वार्मिङजस्तै गम्भीर रुपमा लिन आवश्यक रहेको विज्ञहरु बताउँछन् । फैबिमायसिन एक मानव निर्मित औषधी हो, जसको ट्रयाल सबैभन्दा पहिले मुसामा गरिएको हो । वैज्ञानिकहरुले ट्रायलका क्रममा यो औषधीले मुसामा ड्रग रेसिस्टेन्ट निमोनिया र युरिनरी टेष्ट इन्फेक्सन (UTIs को निको पारेको थियो ।

यसमा अनेकन अनुसन्धानपछि थाहा भयो कि यो ड्रग सुपरबग्गका ३ सयभन्दा बढी स्ट्रेन्सको मार्ने कामयाव भएको थियो । युनिभर्सिटी अफ इलिनोइसका वैज्ञानिकहरुले फैबिमायसिनका १४ वटा भर्सन बनाएका छन् । यो स्कीन इन्फेक्सन, ब्लड पोइजनिङ र टक्सिक सक सिन्ड्रोमजस्ता स्थिती पैदा गर्ने सुपरबग्सलाई खतम गर्न मद्धत पु¥याउन सक्छ । यी भर्सनहरुलाई मुसामा १० अलग—अलग ब्याक्टेरियामाथि ट्रायल गरिएको थियो । यसमा ई कोली नामको ब्याक्टेरिया पनि सामेल थियो । जो युटिआईको कारण बन्छ । यसका अलावा निमोनियाको ब्याक्टेरियामाथि पनि फैबिमायसिनको परीक्षण गरिएको छ ।
 

प्रतिक्रिया दिनुहोस