एजेन्सी । युक्रेनले रुसमा ड्रोन आक्रमण गरेपछि मस्को (रुसको राजधानी) का प्रमुख विमानस्थल अस्थायी रूपमा बन्द गरिएका छन्।
विमानस्थलहरू बन्द हुँदा कम्तीमा १४० उडान रद्द भएको स्थानीय अधिकारीले बताएका छन्।
रुसको रक्षा मन्त्रालयका अनुसार युक्रेन शनिबार बिहानदेखि रुसमा २३० भन्दा बढी ड्रोन प्रहार गरेको छ, तीमध्ये २७ वटा राजधानी मस्कोमा खसेका छन्
रुसको उड्डयन अनुगमन एजेन्सीका अनुसार मस्कोका चार प्रमुख विमानस्थलमा काम रोकिएको छ र १३० भन्दा बढी उडान अन्यत्र डाइभर्ट गर्नुपरेको छ।
यसैबीच स्थानीय अधिकारीले रुसले राति युक्रेनमा गरेको हवाई आक्रमणमा कम्तीमा तीन जना मारिएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ साउन २०८२, ०७ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसी आक्रमणमा युक्रेनमा ६ जनाको मृत्यु
निष्कर्ष बिनै टुङ्गियो रुस–युक्रेन वार्ता
रुस-युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा हुने
युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति
रुस र युक्रेनबीच आबुधाबीमा महत्त्वपूर्ण शान्ति वार्ता
युक्रेन युद्ध अन्त्यका लागि यूएईमा त्रिपक्षीय वार्ता हुने