काठमाडौं । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई भेटेर पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन दबाब दिएका छन् । केही दिनयता कोइराला समूहले आन्तरिक भेला समेत गर्दै आएकामा आइतबार सभापति शेरबहादुर देउवालाई भेटेर आन्तरिक शक्ति सन्तुलन मिलाउन दवाव दिएका हुन् ।
कोइराला आइतबार दिउँसो देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । गत महाधिवेशनदेखि नै देउवाको पेलानमा रहेको शेखर कोइराला समूह काँग्रेसभित्रका कमिटीमा बलियो अवस्थामा छैन । त्यही कमजोरपन तथा कोइरालाले आफूले ६०–४० को भागबण्डा नमान्ने घोषणा गरेपछि देउवाले एकपक्षीय रुपमा पार्टीमा निर्णय गर्दै आएको नेताहरु बताउँछन् । विगतमा काँग्रेसभित्र ६०–४० को आन्तरिक भागबण्डा हुँदै आएको थियो ।
अहिले देउवाले एक पछि अर्को गर्दै मनोनयन गर्दै जाँदा कोइराला समूहलाई नसमेटिएपछि शनिबारको भेलामा सो समूहका युवा नेताहरुले ६०–४० को भागबण्डा खोज्ने बेला आएको बताएका थिए । पार्टीभित्र अस्तित्व रक्षाका लागि संघर्ष गर्ने निष्कर्ष पनि युवा नेताहरूले निकालेका थिए।
शनिवारको भेलाको संयोजन नेता जगदीश्वर नरसिंह केसीले गरेका थिए । भेलामा केन्द्रीय सदस्य प्रतिमा गौतम, मधु आचार्य, गुरु घिमिरेसहित युवा नेताहरू मनोजमणि आचार्य, केशव सिंह, रञ्जित कर्ण, सुवास पोख्रेल, डिल्लीराम सुवेदी, गोमा केसी, कुसुम थापासहित ८० जनाको उपस्थिति रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० साउन २०७९, ०७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन
प्रधानमन्त्रीले बोलेको कुरामा संसद अल्मलिएर बस्नु हुँदैन: कांग्रेस
काँग्रेसमा क्रियाशील सदस्यता अद्यावधिकका लागि आज अन्तिम समय सीमा
पूर्वमन्त्री दीपक खड्कासहित ३ नेतालाई काँग्रेसले सोध्यो स्पष्टीकरण