काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेले नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपति विद्यादेवि भण्डारीको कदमलाई स्वागत गरेको छ। आइतबार भण्डारीले प्रमाणिकरणका लागि पेश भएको विधेयक पुनः विचार गर्न भन्दै प्रतिनिसभामा फिर्ता गरेकी छिन्। भण्डारीले राष्ट्रहित विपरीत रहेको विधेयक फिर्ता गरेको ठीक गरेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताए।
उनले भने, ‘नेपालको सार्वसत्तालाई नै दख्खल पुग्ने गरी प्रचण्ड र आरजु राणाले दिल्लीमा गरेको सहमतिअनुसार बहुमतका आधारमा विधेयक पारित गरिएको थियो। उहाँले फिर्ता गरेर देशको हितमा काम गर्नुभयो।’
विधेयकमा संविधानमा नै व्यवस्था भएको जन्मसिद्धका सन्तानले वंशजको नागरिकता पाउने र गैरआवासीय नेपालीलाई राजनीतिक बाहेकको अधिकार प्रयोग गर्ने गरी नागरिकता दिने प्रावधान थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ साउन २०७९, २१ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको दाबी : निर्वाचन प्रतिस्पर्धा काँग्रेससँग केन्द्रित, रास्वपाको प्रभाव सीमित
जनार्दनसँग एमालेको ०८४ सम्मको तालमेल योजना
पब्लिक डिबेटका लागि तयार भएका ओलीले भने : 'एमाले देश बनाउने तर्फबाट मैदानमा छ'
दीपेन्द्र अग्रवाल एमालेमा प्रवेश
मनाङमा एमाले र राप्रपाका उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता
ओखलढुंगामा एमालेको असन्तुष्टि झन् चर्किदो, बहुसंख्यक नेता आज नेकपामा समाहित हुँदैं