काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेले नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपति विद्यादेवि भण्डारीको कदमलाई स्वागत गरेको छ। आइतबार भण्डारीले प्रमाणिकरणका लागि पेश भएको विधेयक पुनः विचार गर्न भन्दै प्रतिनिसभामा फिर्ता गरेकी छिन्। भण्डारीले राष्ट्रहित विपरीत रहेको विधेयक फिर्ता गरेको ठीक गरेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताए।
उनले भने, ‘नेपालको सार्वसत्तालाई नै दख्खल पुग्ने गरी प्रचण्ड र आरजु राणाले दिल्लीमा गरेको सहमतिअनुसार बहुमतका आधारमा विधेयक पारित गरिएको थियो। उहाँले फिर्ता गरेर देशको हितमा काम गर्नुभयो।’
विधेयकमा संविधानमा नै व्यवस्था भएको जन्मसिद्धका सन्तानले वंशजको नागरिकता पाउने र गैरआवासीय नेपालीलाई राजनीतिक बाहेकको अधिकार प्रयोग गर्ने गरी नागरिकता दिने प्रावधान थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ साउन २०७९, २१ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न
लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत
महाधिवेशनमार्फत आन्तरिक असन्तुलन व्यवस्थापन गरिएको एमाले अध्यक्ष ओलीको दाबी