प्यूठानमा जीप दुर्घटना, १४ जना घाइते

सफल खबर संवाददाता

आइतबार, २९ साउन २०७९, १८ : ५७
प्यूठानमा जीप दुर्घटना, १४ जना घाइते

दाङ । प्यूठानमा जीप दुर्घटनामा परेको छ। बागदुलाबाट डाम्रीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ। घा‍इतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

लु १ ज १५४५ नम्बरको जीप प्यूठानको नौबहिनी गाउँपालिका वडा नम्बर ४ बहानेनजिक खहरे खोलामा दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार ल्याइँदै गरेको प्रहरीले जानकारी दिएको छ।

अनियन्त्रित भइ जीप दुर्घटना भएको प्रहरीको अनुमान छ। जीप सडकदेखि ४० मिटर तल खसेको छ।