वीरगञ्ज । बारामा करेन्ट लागेर एक जना किसानको मृत्यु भएको छ । महागढीमाई नगरपालिका –८ बस्ने ३५ वर्षीय सुरेन्द्रप्रसाद यादवको मृत्यु भएको हो ।
शनिबार बिहान ७ : १० बजे करेन्ट लागेर यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । छिमेकीको खेतबाट आफ्नोमा सिँचाइ गर्न मोटरमा तार जोड्ने क्रममा विद्युत सर्ट भई उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । शव परीक्षणका लागि प्रादेशिक अस्पताल कलैया लगिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ साउन २०७९, १६ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करेन्ट लागेर एक जनाको मृत्यु
धुर्कोटमा करेन्ट लागेर एक जनाको मृत्यु
रौतहटमा करेन्ट लागेर युवकको मृत्यु
धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु
रुपन्देहीमा करेन्ट लागेर एक जनाको मृत्यु
बर्दियामा करेन्ट लागेर २ जनाको मृत्यु