युवा शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

सफल खबर संवाददाता

शुक्रबार, २७ साउन २०७९, १९ : २६
युवा शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा रहेको युवा शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा परिषद्ले काठमाडौँमा शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले युवा वर्गमा मुलुकभित्र रहेको शैक्षिक बेरोजगारी अन्त्य गर्न आवश्यक देखिएको बताए।

प्रधानमन्त्री देउवाले युवा केन्द्रित गतिविधिको कार्ययोजना निर्माण तथा कार्यसम्पादन कार्यभार युवा परिषद्ले गर्नुपर्ने बताए।उनले सरकारले उद्यमशीलता विकास र युवालाई रोजगारी प्रवद्र्धन, विकास निर्माणमा युवा सहभागिता, युवा वर्गको नेतृत्व विकासलगायत क्षेत्रमा काम गर्दै आएको बताए।

उनले भने, ‘मुलुकमा युवा वर्गमा रहेको शैक्षिक बेरोजगारी अन्त्य गर्न प्रतिबद्ध हुनु आवश्यक छ। सरकारी तहबाट युवा केन्द्रित गतिविधिको कार्ययोजना निर्माण तथा कार्यसम्पादन कार्यभार युवा परिषद्ले पाएको छ। यसले युवा उद्यमशीलता विकास र युवालाई रोजगारी प्रवद्र्धन, विकास निर्माणमा युवा सहभागिता, युवा वर्गको नेतृत्व विकास र युवा स्वास्थ्यलगायत क्षेत्रमा काम गर्दै आएको छ। यसलाई आगामी दिनमा अझ प्रवद्र्धन गरी बढीभन्दा बढी युवालाई सभागिता गराउन आवश्यक छ। युवालाई जीवन उपयोगी सीप र सिकाइ स्वदेशमै सहज रुपमा जीविकोपार्जन गर्नसक्ने बनाउन अन्तर पुस्ता सीप ध्यान हस्तानान्तरणलगायत कार्यलाई थप प्रभावकारी बनाउनुपर्ने देखिएको छ।’

प्रधानमन्त्री देउवाले धेरै युवालाई विकास निर्माण तथा उद्यमशीलतामा सहभागिता गराउन आवश्यक रहेको बताए।उनले युवालाई जीवन उपयोगी सीप र सिकाइ स्वदेशमै सहज रुपमा जीविकोपार्जन गर्नसक्ने बनाउनुपर्ने बताए।

प्रधानमन्त्री देउवाले युवालाई विकास निर्माणमा सहभागिता गराउन अन्तरपुस्ता सीप हस्तानान्तरणलगायत कार्यलाई थप प्रभावकारी बनाउनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस