निहारिका राजपूतद्वारा राष्ट्रपति कार्यालयअगाडि आत्मदाह प्रयास

सफल खबर संवाददाता

शुक्रबार, २७ साउन २०७९, १६ : ३२
निहारिका राजपूतद्वारा राष्ट्रपति कार्यालयअगाडि आत्मदाह प्रयास

काठमाडौँ  । आफू बलात्कृत भएको र प्रशासनले कानुनी लडाइँमा नसघाएको भन्दै निहारिका राजपूतले शुक्रबार राष्ट्रपति कार्यालयअगाडि आत्मदाहको प्रयास गरेकी छन्।उनले आफूलाई पेट्रोल छर्कँदै आत्मदाहको प्रयास गर्दा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। उनले आफूसँग रहेको एक बोतल पेट्रोल शरीरमा खन्याएर आगो लगाउने प्रयास गर्दा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीको उनको साथबाट थप एक बोतल पेट्रोल नियन्त्रणमा लिएको थियो। उनीसँग रहेको दुई वर्षको छोरा उनकी एक साथीले बोकेकी थिइन्।

यसअघि उनले सर्वोच्च अदालतअगाडि, वसन्तपुर क्षेत्र र सिंहदरबारअगाडि न्यायको माग गर्दै अनशन बसेकी थिइन्। २०७८ साल माघ २४ गते जिल्ला अदालत धनुषाले उनका पति भनिएका शिवराज श्रेष्ठको पक्षमा फैसला गरेपछि ०७८ फागुन १२ गते राजपूतले उच्च अदालत धनुषामा जिल्ला अदालतको फैसला उपर मुद्दा दायर गरेकी थिइन्।

लामो समय बितिसक्दा पनि अदालतले पेसी नतोकिदिएको भन्दै राजपूत निरन्तर अनसन बस्दै आएकी छिन्। उनले पाँचबुँदे माग राखेकी छन्। उनले मागमा आफ्नो बच्चाको डिएनए टेस्ट गरिनुपर्ने, आफू र काखमा रहेको बच्चालाई मतलबै नगरी अपराधीको पक्षमा अदालतले गरेको फैसलामाथि छानबिन हुनुपर्नेलगायत माग राखेकी छन्।

प्रतिक्रिया दिनुहोस