विश्व बैंकद्वारा सानिमा बैंकलाई दुई करोड डलर ऋण

सफल खबर संवाददाता

बुधबार, २५ साउन २०७९, १५ : २१
विश्व बैंकद्वारा सानिमा बैंकलाई दुई करोड डलर ऋण

काठमाडौं । विश्व बैंकले सानिमा बैंकलाई दुई करोड अमेरिकी डलर ऋण दिएको छ । विश्व बैंक समूह अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगमबाट सानिमा बैंकले २ करोड अमेरिकी डलर ऋण प्राप्त गरेको हो ।

बैंकले आइएफसीसँग सम्झौता गरी सो ऋण प्राप्त गरेको जनाएको छ । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएसँगै चालू आर्थिक वर्षमा सो रकम प्राप्त गर्ने बैंकले जनाएको छ ।सो रकम लघु, साना तथा मझौला व्यवसायलाई वित्तीय पहुँचमा पुर्‍याउन खर्च गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस