जुम्लामा तारा एअरको विमान दुर्घटना

शनिबार, २६ जेठ २०७५, १५ : ५६
जुम्लामा तारा एअरको विमान दुर्घटना

जुम्ला । जुम्लामा तारा एअरको विमान दुर्घटनामा परेको छ ।  नेपालगञ्जबाट आएको  ९ एमएइभी कल साइन भएको तारा एअरको विमान ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको हो ।

विमान ल्याण्ड गर्ने  क्रममा टायर पञ्चर भएर अगाडिको भाग तारको जालीमा ठोक्किएको थियो ।  विमानमा चालक दलका दुई सदस्यसहित  १६ यात्रु सवार रहेको बताइएको छ ।  उनीहरु सबै सकुशल रहेको  प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस