बर्खास्त न्यायाधीश रेणु शाहको सक्कली फाइल झिकाउन आदेश

सफल खबर संवाददाता

सोमबार, २३ साउन २०७९, १७ : ४५
बर्खास्त न्यायाधीश रेणु शाहको सक्कली  फाइल झिकाउन आदेश

काठमाडौँ । बर्खास्तीमा परेका उच्च अदालतकी न्यायाधीश रेणु शाहसँग सम्बन्धित निर्णयको सक्कली फाइल झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ।

पूर्व प्रधानन्यायाधीश रामकुमारप्रसाद शाहकी छोरी भएकैले सोर्समा २०७५ चैतमा उच्च अदालतको न्यायाधीश नियुक्त भएकी शाहलाई ‘योग्यता नपुगेको’ भन्दै न्याय परिषदले असार २४ गते बर्खास्त गर्न सिफारिस गरेको थियो।

परिषदको सिफारिसका आधारमा कामु प्रधानन्यायाधीश दीपक कार्कीले शाहलाई पदबाट बर्खास्त गरेका थिए। उक्त बर्खास्तीविरुद्ध शाहले बिहीबार सर्वोच्चमा रिट दायर गरेकी थिइन्। उक्त रिटमाथि प्रारम्भिक सुुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले पेशी परेका दिन सक्कल फाइल झिकाउन आदेश दिएको हो।

प्रतिक्रिया दिनुहोस