चितवन । चितवनको भरतपुर महानगरपालिका ११ गणेस्थान चोकबाट १२ जुवाडे पक्राउ परेका छन् । प्रहरीले आज (सोमबार) बिहान ३स्४० बजे गणेशस्थान चोकस्थित सुदिप भण्डारीको घरमा जुवा खेली रहेका १२ जनालाई पक्राउ गरेको हो । सूचनाको आधारमा पुगेको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भरतपुर ११ का २६ वर्षीय सुमन भण्डारी, सोही स्थानका २७ वर्षीय किरण लोप्चन, २९ वर्षीय राजेश विक, २६ वर्षीय धन बहादुर बराल, २० वर्षीय सुदिप भण्डारी, ४६ वर्षीय दिपक श्रेष्ठ र २६ वर्षीय करण गुरुङ रहेका छन् ।
यस्तै भरतपुर २६ का ४० वर्षीय ईश्वर महत्तो, भरतपुर २० का ४१ वर्षीय दिनेश दवाडी, भरतपुर १४ का ५८ वर्षीय सुरेशचन्द्र न्यौपाने, भरतपुर १२ का ४४ वर्षीय सालिकराम रेग्मी र गोरखा भछेक ३ का ३५ वर्षीय बिष्णुबहादुर भण्डारी पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
उनीहरुको साथबाट नगद तीन लाख नौं हजार ७६० रुपैयाँसहित ३२ थाना कौडा र एक बुक तास बरामत भएको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध जिल्ला प्रशासन कार्यालय चितवनबाट दिन १० म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ साउन २०७९, १५ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ