मोरङ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान पाँचदलीय गठबन्धनको सरकार नेपाली जनताको लागि अभिशाप भएको बताएका छन् ।
आज (सोमबार) विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँगको कुराकानीमा पोखरेलले यो सरकार लामो समयसम्म रहँदा देशलाई श्रीलंकाको बाटोतर्फ लैजाने दावी गरे ।
‘यो सरकार स्वार्थका लागि मात्र बनेको हो, यो सरकार बन्दै गर्दा मुलुकको आर्थिक अवस्था वचतमा रहेको तर अहिले खर्बौ ऋणमा पुगेको छ ।’ उनले भने, ‘महंगी दोब्बरभन्दा बढी बृद्धि भएको छ । पूँजीगत खर्च लज्जास्पद छ । जसले गर्दा मुलुकको अर्थतन्त्र धराशायी बन्दै गएको छ । बजेट निर्माणका क्रममा जे जस्ता हर्कत भएका कुराहरू बाहिर आए, त्यो एक प्रकारको राष्ट्रघात हो । यसले माफियातन्त्रलाई अझ भनौं दलाल नोकरशाही पुँजीवादलाई प्रश्रय गरेको देखिन्छ ।’
दुनियाँमा कहीँ पनि गठबन्धनले समृद्धि नल्याएको भन्दै उनले विकासको लागि नीतिगत नेतृत्व चाहिने बताए । पोखरेलले कांग्रेसले नीतिगत नेतृत्व नै गुमाइसकेको भन्दै नीतिगत नेतृत्व गर्नसक्ने तागत एमालेसँग मात्रै भएको दावी गरे ।
‘वर्तमान सरकारका हरेक गतिविधि नेपाली जनताको लागि अभिशाप बनेका छन्, यसलाई जतिसक्दो चाँडो हटाउनु पर्छ । निर्वाचनको मिति घोषणा भएको छ, निर्वाचनबाटै जनताले छिनोफानो गर्छन्,’ महासचिव पोखरेलले भने ।
एमाले महासचिव पोखरेलले चुनावको मिति घोषणा भएपछि संसदको भूमिका निष्कृय हुने भए पनि सङ्कटको बेला काम लाग्छ भनेर जोगाएर राखेको बताए । प्रधानन्यायाधीश विरुद्धको महाअभियोग राम्रो नियतले नलगाइएको भन्दै उनले यसको छिनोफानोमा सत्तापक्षको व्यवहार चरम लापरवाहीपूणर् रहेको आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ साउन २०७९, १२ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुशासनको नाममा आएका मन्त्री र सभामुखले पारदर्शिताको धज्जी उडाए : शंकर पोखरेल
‘ओली-लेखकलाई पक्राउ गर्ने निर्णयको औचित्य पुष्टि हुन नसकेपछि हाजिरी जमानीको सहारा लिइयो’ : शंकर पोखरेल
नयाँले पुरानाको खेदो खनेर सुशासन खोजे : एमाले महासचिव पोखरेल
‘नेपाली राजनीतिलाई नयाँ मोडतर्फ धकेलेको छ, अबका दिन चुनौतीपूर्ण हुनेछन्’ : शंकर पोखरेल
‘एक पटकको चुनावी उत्साहले दीर्घकालीन सफलता सुनिश्चित हुँदैन’ : शंकर पोखरेल
बालेन लहर हाम्रा लागि शिक्षा हो : शंकर पोखरेल