उपराष्ट्रपति पुनद्वारा भारतीय उपराष्ट्रपतिलाई शुभकामना

सफल खबर संवाददाता

आइतबार, २२ साउन २०७९, १४ : ४४
उपराष्ट्रपति पुनद्वारा भारतीय उपराष्ट्रपतिलाई शुभकामना

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले भारतका नवनिर्वाचित उपराष्ट्रपति जगदीप धनखडलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका छन ।

उपराष्ट्रपति पुनले आज शुभकामना सन्देश पठाउँदै भारतका नवनिर्वाचित उपराष्ट्रपतिको सफल कार्यकालको कामना गरे ।उपराष्ट्रपति पुनले सो सन्देशमा भारतका नवनिर्वाचित उपराष्ट्रपतिको कार्यकालमा नेपाल र भारतबीचको बहुआयामिक सम्बन्ध अझै सुदृढ तथा विस्तार हुने विश्वास व्यक्त गर्नुभएको उहाँका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस