काठमाडौँ । जापान भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आणविक बम खसालिएको हिरोसिमा सहरस्थित संग्रहालय अवलोकन गरेका छन् ।
शनिबार जापान पुगेका अध्यक्ष प्रचण्डले आज बिहानै दोस्रो विश्वयुद्धको क्रममा अमेरिकाले परमाणु बम खसालेको जापानी सहर हिरोसिमामा रहेको संग्रहालयको अवलोकन गरेका हुन् । त्यसक्रममा भ्रमण टोलीका अन्य सदस्यहरु पनि सहभागी थिए ।
हिजाे नै अध्यक्ष प्रचण्डले जापानको फुकुओकामा आयोजित नेपाल फेस्टिभल, २०२२ को उद्घाटन गरिसकेका छन् । अब उनी नेपाली जनप्रगतिशील मञ्चको अन्तर्क्रिया कार्यक्रममा सहभागी हुनेलगायत कार्यक्रम पनि छ । अध्यक्ष प्रचण्ड साउन २५ गते स्वदेश फिर्ता हुनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ साउन २०७९, ११ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड
मुलुकको संकट अझै टरेको छैन: प्रचण्ड
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : प्रचण्ड
२०४६ यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन गर्न ‘प्रचण्ड’को माग