काठमाडौँ । जापान भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आणविक बम खसालिएको हिरोसिमा सहरस्थित संग्रहालय अवलोकन गरेका छन् ।
शनिबार जापान पुगेका अध्यक्ष प्रचण्डले आज बिहानै दोस्रो विश्वयुद्धको क्रममा अमेरिकाले परमाणु बम खसालेको जापानी सहर हिरोसिमामा रहेको संग्रहालयको अवलोकन गरेका हुन् । त्यसक्रममा भ्रमण टोलीका अन्य सदस्यहरु पनि सहभागी थिए ।
हिजाे नै अध्यक्ष प्रचण्डले जापानको फुकुओकामा आयोजित नेपाल फेस्टिभल, २०२२ को उद्घाटन गरिसकेका छन् । अब उनी नेपाली जनप्रगतिशील मञ्चको अन्तर्क्रिया कार्यक्रममा सहभागी हुनेलगायत कार्यक्रम पनि छ । अध्यक्ष प्रचण्ड साउन २५ गते स्वदेश फिर्ता हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ साउन २०७९, ११ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रम अधिकारहरूको संरक्षण र कार्यान्वयनमा सरकार जिम्मेवार बनोस् : प्रचण्ड
थबाङ जिप दुर्घटना प्रति प्रचण्डद्वारा गहिरो दुःख व्यक्त, मृतकका परिवारलाई राहत दिन सरकारसँग माग
सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो, अब शीतल निवासलाई हेर्न बाँकी छ: प्रचण्ड
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’
‘विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ’- ‘प्रचण्ड’
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता आजको आवश्यकता : प्रचण्ड