काठमाडौं । जापान भ्रमणमा रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएको नागरिकता विधेयकले एनआरएनको हितलाई जोड दिएको बताएका छन् ।
नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन जापान पुगेका प्रचण्डले नेपाली समुदायसँगको छलफलको क्रममा जापान विश्वकै लागि प्रेरणाको स्रोत रहेको पनि बताए । युद्धपछिको विकास निर्माणको काम कसरी अगाडि बढाउन सकिन्छ भन्न उदाहरण जापानले पेस गरेको उनको भनाइ थियो ।
प्रचण्डले नेपालमा विकास र राजनीतिक स्थायित्वको आधार तयार गर्न सके मात्र विदेशमा रहेका नेपाली स्वदेश फर्किने र उनीहरुको ज्ञान, सिप र साधनको उच्चतम प्रयोग गर्न सकिनेमा पनि जोड दिए । सत्ता गठबन्धनले पनि स्थायित्व र विकास निर्माणलाई केन्द्रमा राखेर योजना निर्माण गर्ने गरेको प्रचण्डको दाबी थियो ।
नेतृत्वले इमान्दार प्रयास गर्यो भने नेपालमा विकास निर्माण सम्भव भएको र आफ्नो जोड पनि विकास निर्माणमा नै रहेको प्रचण्डले बताए । निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा आफ्नो जापान भ्रमण र यहाँका नेपालीहरुसँगको अन्तरक्रिया फलदायी हुनेमा उनी ढुक्क देखिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ साउन २०७९, ०९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डलाई विप्लवको जवाफ–चुनावी सहकार्य गर्न तयार नहुने पार्टी एकताको चर्चा गर्ने ?
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह
हरिबोलसहित नेतृत्वको तत्काल आकस्मिक बैठक बोलाउन प्रचण्डसँग माग
लेखनाथ न्यौपानेको जित सुनिश्चित भएको ‘प्रचण्ड’को दाबी
चुनावमा पैसाको चलखेल रोक्न सके नेकपा पहिलो पार्टी बन्छ: प्रचण्ड
रुकुमपूर्वबाट राजनीतिक सन्देश दिने ‘प्रचण्डको घोषणा