नारायणगढ-मुग्लिन सडक खण्ड पुनः अवरुद्ध

सफल खबर संवाददाता

शुक्रबार, २० साउन २०७९, ०७ : ५८
नारायणगढ-मुग्लिन सडक खण्ड पुनः अवरुद्ध

चितवन । नारायणगढ-मुग्लिन सडक खण्ड पुनः अवरुद्ध बनेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एवम् प्रवक्ता नरहरि अधिकारीका अनुसार भरतपुर महानगरपालिका(२९ मा पर्ने केराबारी ठूलो पहिरो गएका कारण सडक अवरुद्ध बनेको हो । 

यो सडक खण्डमा गएराति फेरि पहिरो गएको हो । पहिरो गएको केराबारीमा लेदो माटोसहित ढुङ्गैढुङ्गा थुप्रिएको छ । यसले गर्दा पानी पर्नासाथ थुप्रिएको माटो, ढुङ्गा र गेग्रान बग्दै सडकमा थुप्रिने गरेकाले सडक अवरुद्ध हुने गरेको छ ।

गत सोमबारदेखि नै यो सडकखण्ड राम्रोसँग सञ्चालनमा आउन सकेको छैन । पहिरोका कारण हरेक दिनजसो यात्रुले सास्ती पाउने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस