सत्ता गठबन्धनको बैठक बस्दै

सफल खबर संवाददाता

शुक्रबार, २० साउन २०७९, ०६ : ५९
सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौँ । सत्ता गठबन्धनको बैठक शुक्रबार बिहान बोलाइएको छ ।

बिहान प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बस्ने बैठकमा चुनावी रणनीति र तालमेलका विषयमा छलफल हुनेछ । 

काँग्रेस नेता रामचन्द्र पौडेलले मंसिर ४ को चुनावमा गठबन्धन दलहरुबीच भागबण्डाका विषयमा छलफल सुरु हुने बताए । त्यसका लागि कार्यदल बनाएर जान सकिने उनको भनाइ छ । 

सरकारले बिहीबार मंसिर ४ का लागि चुनावको मिति घोषणा गरेलत्तै गठबन्धन छलफलमा जुटेको हो ।

प्रतिक्रिया दिनुहोस