मोरङमा जंगली च्याउ खाँदा दम्पती बिरामी

शुक्रबार, २५ जेठ २०७५, १२ : ३५
मोरङमा जंगली च्याउ खाँदा दम्पती बिरामी

विराटनगर ।  मोरङमा जंगली च्याउ खाँदा बिहीबार एक वृद्ध दम्पती बिरामी परेका छन् । मिक्लाजुङ गाउँपालिका–५ बस्ने ७० वर्षका जंगबहादुर विश्वकर्मा तथा उहाँकी पत्नी ६० वर्षीया देवीमाया बिरामी परेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

दुवै जनाको मंगलबारे अस्पतालमा उपचार सम्भव नभएपछि विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस