काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनलाई असाधारण महत्वको प्रक्रिया उल्लेख गर्दै नागरिकलाई शान्ति, स्थायित्व र सहमतिका लागि मताधिकार प्रयोग गर्न आग्रह गरेकी छन्।
राष्ट्रिय सेवा दल सिनियर डिभिजनको तालिम समापन समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुन नवलपुर (पूर्व)स्थित हात्तीखोर पुगेकी प्रधानमन्त्रीले स्थानीय समुदायसँगको भेटघाटका क्रममा उक्त सन्देश व्यक्त गरेकी हुन्।
दीक्षान्त कवाजको औपचारिक कार्यक्रम सम्पन्न भएपछि प्रधानमन्त्री कार्कीले विद्यार्थी, अभिभावक, शिक्षक, जनप्रतिनिधि तथा सञ्चारकर्मीसँग प्रत्यक्ष संवाद गर्दै निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने भएकाले सबै पक्षको जिम्मेवार भूमिका आवश्यक रहेको धारणा राखिन्।
कार्यक्रमकै क्रममा उनले मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश कमल पराजुली, प्रमुख जिल्ला अधिकारी भवीश्वर पाण्डे र सुरक्षा निकायका अधिकारीहरूसँग निर्वाचन तयारी र सुरक्षा व्यवस्थाबारे जानकारी लिएकी थिइन्। सो अवसरमा प्रधानमन्त्रीले मतदान प्रक्रिया मर्यादित र सुरक्षित रूपमा सम्पन्न गर्न प्रशासन र सुरक्षा निकायलाई आवश्यक सबै उपाय अवलम्बन गर्न निर्देशन दिएकी छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० माघ २०८२, १६ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनको मागहरू नयाँ सरकारले पूरा गरोस् : प्रधानमन्त्री कार्की (पूर्णपाठ)
राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्की
असामान्य परिस्थितिमा पनि निर्वाचन गर्न सफल भएकोमा प्रधानमन्त्री कार्कीद्वारा खुसी व्यक्त
प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको शिष्टाचार भेट
प्रधानमन्त्री कार्कीद्वारा जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजा अर्चना
कर्णाली भ्रमणमा प्रधानमन्त्री कार्की