काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो दुई सातादेखि खाना पकाउने ग्यास (एलपी ग्यास) को अभाव देखिएको छ । विशेष गरी नेपाल ग्यास ब्राण्डको अभावका कारण उपभोक्ताहरू मारमा परेका छन् । उपत्यकामा नेपाल ग्यासको बजार हिस्सा सबैभन्दा बढी रहेकोले यो अभावले धेरै परिवारको दैनिकी प्रभावित भएको छ । बजारमा विक्री केन्द्रहरूमा ग्यास नपाइएपछि उपभोक्ताहरू खाली सिलिण्डर बोकेर बालाजु औद्योगिक क्षेत्रमा रहेको नेपाल ग्यासको कार्यालयमै पुग्ने गरेका छन् । दैनिक सयौंको संख्यामा उपभोक्ता त्यहाँ लाइन लागेको देखिन्छ । कार्यालयबाट अहिले डिपोमा नयाँ ग्यास नआए पनि एक जनालाई एक सिलिण्डर उपलब्ध गराएर पठाइरहेको बताइएको छ । अभावको मुख्य कारण भारतबाट समयमै ग्यास ढुवानी नहुनु रहेको छ । ढुवानीकर्ता (ट्रक चालकहरू) सँगको केही असमझदारीका कारण धादिङ क्षेत्रमा ग्यास रोकिएको र सहमति भएपछि बजारमा आपूर्ति सहज हुने अपेक्षा गरिएको छ । जाडो मौसममा ग्यासको माग १०–२५ प्रतिशतसम्म बढ्ने गरेको छ । जसले समस्या थप जटिल बनेको छ । नेपाल आयल निगमले भने बजारमा ग्यासको कुनै अभाव नरहेको स्पष्ट पारेको छ । निगमकाअनुसार जाडोयामको माग धान्न पर्याप्त कोटा निर्धारण गरिएको छ । उपभोक्ताहरूले भने बजारमा वास्तविक अभाव महशुस गरिरहेका छन् । विक्रेताहरूले पनि ढुवानी र उपलब्धताका कारण समस्या रहेको बताएका छन् । निगमले अनावश्यक भण्डारण (होर्डिङ) नगर्न र हल्लाको पछि नलाग्न आग्रह गरेको छ । अबको केही दिनमा ढुवानी सहज भएपछि बजार सामान्य हुने अपेक्षा गरिएको छ । तर उपभोक्ताहरूले तत्काल राहत पाउन सकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० माघ २०८२, १४ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घरबाटै काम गर्न सरकारको आह्वान
फेवातालको अतिक्रमण क्षेत्रमै गृहमन्त्री सुधन गुरुङको २० रोपनी जग्गा !
आगामी शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु गर्ने सरकारको निर्णय
सर्वोच्चलाई सरकारको जवाफ– पूर्वप्रधानमन्त्री भन्दैमा ओलीलाई उन्मुक्ति दिन मिल्दैन
सरकार विगतमा गल्ती गर्नेहरु सबैलाई कारबाहीको दायरामा ल्याउन केन्द्रित छः सञ्चारमन्त्री तिमिल्सिना
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमनमा गृहमन्त्री