काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तयार गरिरहेको चुनावी घोषणापत्र अन्तिम चरणमा पुगेको जनाएको छ।
पार्टीले नेता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा घोषणापत्र मस्यौदा समिति गठन गरेको थियो। समितिमा देव गुरुङ, प्रमेश हमाल, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, राजेन्द्र श्रेष्ठ, शक्ति बस्नेतलगायत २५ जना सदस्यको सहभागिता रहेको छ।
समितिका सदस्यका अनुसार घोषणापत्रको मस्यौदा अन्तिम रूप दिन लागिएको छ र केही दिनभित्रै सार्वजनिक गर्ने तयारी भइरहेको छ।
पार्टी स्रोतका अनुसार घोषणापत्रमा समुदायमा आधारित समाजवादको अवधारणा, सुशासन प्रवर्द्धन, उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा पर्यटन क्षेत्रको विकासलाई प्रमुख प्राथमिकताका रूपमा समेटिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० माघ २०८२, १४ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभाबाट चार अध्यादेश स्वीकृत
मन्त्रीहरूको उपस्थितिपछि प्रतिनिधि सभाको अवरुद्ध बैठक पुनः सञ्चालन
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल
प्रतिनिधि सभामा राष्ट्र बैंक-तेस्रो संशोधन विधेयक-२०८३ प्रस्तुत
नेकपाद्वारा प्रतिनिधि सभामा प्रधानमन्त्रीको अभिव्यक्ति र सरकारका विषयमा जवाफ माग
विपक्षी अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित