काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
उनीहरूबीच बिहीबार बिहान हात्तीवनमा भेट भएको प्रचण्डको सचिवालयले जनाएको छ। सत्ता गठबन्धनबीच मंसिर ४ मा संघ र प्रदेशको चुनाव गर्ने सहमति भएको भोलिपल्ट सत्ता गठबन्धनमा आवद्ध दुई दलका अध्यक्षबीच छलफल हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
भेटवार्ताको सबै विवरण सार्वजनिक नभए पनि उनीहरूबीच समसामयिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ। भेटमा माओवादी नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ साउन २०७९, १३ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’