काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
उनीहरूबीच बिहीबार बिहान हात्तीवनमा भेट भएको प्रचण्डको सचिवालयले जनाएको छ। सत्ता गठबन्धनबीच मंसिर ४ मा संघ र प्रदेशको चुनाव गर्ने सहमति भएको भोलिपल्ट सत्ता गठबन्धनमा आवद्ध दुई दलका अध्यक्षबीच छलफल हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
भेटवार्ताको सबै विवरण सार्वजनिक नभए पनि उनीहरूबीच समसामयिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ। भेटमा माओवादी नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ साउन २०७९, १३ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
‘फागुन २१ मै चुनाव हुनुपर्छ, आवश्यक सहयोग गर्न तयार छौँ’ : ‘प्रचण्ड’
‘प्रचण्ड’ र सञ्चार मन्त्री खरेलबीच भेटवार्ता
‘प्रचण्ड’ र वर्षमान रोल्पाबाट उम्मेदवार सिफारिस
क्रान्तिकारी शक्तिहरुलाई एकताबद्ध हुन ‘प्रचण्ड’को अपिल
प्रचण्डलाई उम्मेदवार बन्न सात ठाँउबाट अफर, कहाँबाट लड्लान् चुनाव ?