शहरी समाजमा बच्चालाई स्तनपान गराउने कुरामा भइरहेको कमीको कारण पत्ता लगाएर निवारण गर्न आवश्यक

सफल खबर संवाददाता

मंगलबार, १७ साउन २०७९, ११ : २५
शहरी समाजमा बच्चालाई  स्तनपान गराउने कुरामा भइरहेको कमीको कारण पत्ता लगाएर निवारण गर्न आवश्यक

काठमाडौं ।स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले बुद्धिजीविहरू, धनाढ्य व्यक्तिहरूबाट नै बच्चालाई आमाको स्तनपान गराउने कुरामा हेलचेक्राइँ भइरहेको बताएका छन् । मंगलवार प्रसुती गृह थापाथलीमा बेबी मिल्क बैंक स्थापना कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

 उनले बुद्धिजीविहरू, धनाढ्य व्यक्तिहरू बस्ने वागमती प्रदेश र काठमाडौंमा बच्चालाई आमाको स्तनपान गराउनेको संख्या सबैभन्दा कम देखिएको बताए ।  ‘यहाँ तथ्यांक प्रस्तुत भइसकेको छ, स्तनपान गराउने संख्या कर्णाली प्रदेशमा धेरै देखियो । बट्टाको खानेकुरा खुवाउने, स्तनपान कम गराउने संख्या वागमती प्रदेशमा देखियो । त्यसमा पनि बुद्धिजीविहरू, धनाढ्य व्यक्तिहरू होलान् । 

मन्त्री खापुङले शहरी समाजमा बच्चालाई आमाले स्तनपान गराउने कुरामा भइरहेको कमीको कारण पत्ता लगाएर त्यसको निवारण गर्न आवश्यक रहेको बताए । उनले बच्चालाई आमाको स्तनपान नगराउनु प्रकृतिको नियम विपरित भएको बताए । मन्त्री खापुङले निःशुल्क रुपमा सर्वसुलभ तरिकाले उपलब्ध गराउने गरी सरकारले घोषणा गरेको औषधिको व्यवस्थालाई तत्काल कार्यान्वयन गर्नुपर्ने बताए ।

 ‘मिल्क बैंकको स्थापना सातै प्रदेशमा गर्ने उद्देश्य छ, यसलाई सबै मिलेर सफल पारौँ । औषधि निःशुल्क रुपमा पाइन भन्ने कुरा छ, यो के कारणले पाइएन तत्काल यसको खोजी गर्नुपर्छ र औषधिजस्तो कुरालाई निःशुल्क रुपमा सर्वसुलभ तरिकाले उपलब्ध गराउने गरी सरकारले जे घोषणा गरेको त्यसलाई कार्यान्वयन गर्ने कुरामा कतै कमी कमजोरी रहेको भए यसको कारण खोजी गरेर तत्काल निराकरणको बाटो अघि बढ्नुपर्छ,’ मन्त्री खापुङले भने ।
 

 

प्रतिक्रिया दिनुहोस