नेपालमा हैजा संक्रमितको सङ्ख्या ३७ पुग्यो

सफल खबर संवाददाता

सोमबार, १६ साउन २०७९, २० : ५१
नेपालमा हैजा संक्रमितको सङ्ख्या ३७ पुग्यो

काठमाडौं । नेपालमा हैजा संक्रमितको सङ्ख्या ३७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमा १५ देखि २४ वर्ष उमेर समूहका धेरै छन् ।

मन्त्रालयले जनाएअनुसार १५ देखि २४ उमेर समूहका ६ पुरुष र ४ महिला गरी १० जनामा हैजा संक्रमण पुष्टि भएको छ । १४ वर्षभन्दा कम उमेर समूहका ७ जनामा हैजा पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै,  २५ वर्षदेखि ३४ वर्षसम्मका ४ जना महिला र २ जना पुरुषमा हैजा पुष्टि भएको छ । हाल ३ जना हैजाका बिरामी उपचाररत रहेको पनि मन्त्रालयले जनाएको छ । यस वर्ष असार २ गते पहिलो पटक राजधानीमा हैजा संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस