प्युठानमा जीप दुर्घटना: एक जनाको मृत्यु, १४ जना घाइते

सफल खबर संवाददाता

शनिबार, १४ साउन २०७९, १३ : २४
प्युठानमा जीप दुर्घटना: एक जनाको मृत्यु, १४ जना घाइते

प्युठान । प्युठानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएकाे छ। जिल्लाकाे स्वर्गद्वारी नगरपालिका वडा नंवर ४ भ्यागुतेमा शनिबार दिउँसो जीप दुर्घटना हुँदा एकजना महिलाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

स्वर्गद्वारीबाट भिङ्ग्रीतर्फ जाँदै गरेको लु ३ च ३५३ नम्बरकाे जीप दुर्घटना हुँदा रुपन्देही निवासी मायादेवी ठाकुरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भिङ्ग्रीले जनाएकाे छ।

प्रहरीका अनुसार दुर्घटनामा १४ जना घाइते भएका छन्। त्यसमध्ये ९ जनाको अवस्था गम्भीर छ। स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्कने क्रममा जीप दुर्घटनामा परेको हो।

दुर्घटनाको बारे थप विवरण आउन बाँकी रहेकाे छ।