पोखरामा आजदेखि मेयर सम्मेलन

सफल खबर संवाददाता

शुक्रबार, १३ साउन २०७९, ०८ : ५३
पोखरामा आजदेखि मेयर सम्मेलन

काठमाडौँ । पोखरामा आजदेखि मेयर सम्मेलन हुँदैछ। पोखरा महानगरको आयोजनामा ६ महानगरको सम्मेलन हुन लागेको हो। सम्मेलनमा ६ वटै महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतहरू भेला हुनेछन्।

महानगरले हालसम्म गरेका काम, राम्रा अभ्यासको अनुभव आदानप्रदान लगायत विषयमा छलफल हुनेछ। यस्तै, कानूनी अड्चनका विषयमा पनि कुरा गरिने मेयर धनराज आचार्यले बताए।

उनले महानगरको छुट्टै सन्चालन ऐन बनाउनका लागि पनि साझा धारणा खोज्ने पनि बताएका छन् । महानगरको छुट्टै सन्चालन ऐनबारे यसअघि पनि छलफलमा गएको थियो। तर कार्यान्वयन भएन। मेयरहरूले महानगर सुधारको साझा धारणा तय गर्ने र उक्त धारणा एकमुष्ट रूपमा प्रदेश र संघ सरकारमा बुझाउने बताएका छन् ।

मेयर आचार्यले १ महिना अघिदेखि नै मेयर सम्मेलनको लागि निम्तो गरेका थिए। सबै महानगरका मेयरसँग छलफल गरेर भेला आयोजना गरिएको उनले बताए।

६ वटा महानगरमध्ये ललितपुर र भरतपुरमा पूरानै मेयर छन् भने अरू सबै महानगरमा नयाँ मेयर निर्वाचित भएका छन्। पूराना मेयरको अनुभव सुनेर नयाँ मेयरले कामको कार्ययोजना बनाउन सजिलो हुने पोखरा महानगरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस