दाङ । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य जनार्दन शर्मा (प्रभाकर)ले पार्टी पदाधिकारीमा कुनै विवाद नभएको बताएका छन् । माओवादी केन्द्र लमही नगर कमिटीले आयोजना गरेको भेटघाट कार्यक्रममा उनले महासचिवको विषयमा विवादका कारण पदाधिकारी टुङ्गो लाग्न नसकेको भन्नु निराधार भएको बताए ।
उनले भने, ‘अझ अनन्त र मेरो नाम जोडेर विवाद छ भन्ने कसैलाई लाग्या छ भने त्यो पटक्कै होइन, त्यो दिमागबाट निकाली हाल्नुस् ।’ शर्माले पदाधिकारी टुङ्गो लगाउनको लागि आफू र वर्षमान पुन अनन्तले पार्टी अध्यक्ष प्रचण्डलाई आग्रह गरेको भन्दै अध्यक्षले दिएको जिम्मेवारीमा आफूहरुको सहमति हुने कुरा बताएको उल्लेख गरे ।
अर्को प्रशंगमा शर्माले समाजवादमा विश्वास गर्नेहरुको प्रगतिशील दलहरूको एकता गरी बैकल्पिक शक्ति निर्माण हुने दावी गरे । समाजवादी केन्द्र निर्माण गर्ने विषयमा बाबुराम भट्टराई, माधव नेपाल, वामदेव गौतमलगायत अन्य वामपन्थी शक्तिहरूको बीचमा छलफल चलेपनि, टुङ्गोमा नपुगिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० साउन २०७९, २१ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वाम प्रगतिशील ध्रुवीकरण घोषणा गर्दै जनार्दन शर्मा
जर्नादनलाई गृहजिल्लामै लाग्ने भयो झट्का !
सल्यान दुर्घटनाप्रति नेता जनार्दन शर्माद्वारा दुःख व्यक्त
एक घण्टामै चितवन पुग्ने आधुनिक द्रुतमार्ग निर्माण गरौं : जनार्दन शर्मा
विद्यमान समस्या समाधानको लागि जनार्दन शर्माले दिए यस्तो सुझाव...
समीक्षा गरिहाल्ने अवस्था नहोला, अब नयाँ ढंगले सोचौँ: जनार्दन शर्मा