दाङ । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य जनार्दन शर्मा (प्रभाकर)ले पार्टी पदाधिकारीमा कुनै विवाद नभएको बताएका छन् । माओवादी केन्द्र लमही नगर कमिटीले आयोजना गरेको भेटघाट कार्यक्रममा उनले महासचिवको विषयमा विवादका कारण पदाधिकारी टुङ्गो लाग्न नसकेको भन्नु निराधार भएको बताए ।
उनले भने, ‘अझ अनन्त र मेरो नाम जोडेर विवाद छ भन्ने कसैलाई लाग्या छ भने त्यो पटक्कै होइन, त्यो दिमागबाट निकाली हाल्नुस् ।’ शर्माले पदाधिकारी टुङ्गो लगाउनको लागि आफू र वर्षमान पुन अनन्तले पार्टी अध्यक्ष प्रचण्डलाई आग्रह गरेको भन्दै अध्यक्षले दिएको जिम्मेवारीमा आफूहरुको सहमति हुने कुरा बताएको उल्लेख गरे ।
अर्को प्रशंगमा शर्माले समाजवादमा विश्वास गर्नेहरुको प्रगतिशील दलहरूको एकता गरी बैकल्पिक शक्ति निर्माण हुने दावी गरे । समाजवादी केन्द्र निर्माण गर्ने विषयमा बाबुराम भट्टराई, माधव नेपाल, वामदेव गौतमलगायत अन्य वामपन्थी शक्तिहरूको बीचमा छलफल चलेपनि, टुङ्गोमा नपुगिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० साउन २०७९, २१ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेतृत्वले ऐतिहासिक अवसर गुमाउँदा देश सङ्कटको भुमरीमा छ : शर्मा
रुकुम पश्चिममा जनार्दनलाई चुनाव जित्न मुश्किल, यसरी बन्दैछन् गोपाल शर्मा भारी
जनार्दनसँग एमालेको ०८४ सम्मको तालमेल योजना
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन शर्माले आज पत्रकार सम्मेलन गर्दै, प्रदेश संयोजक तोक्ने