काठमाडौँ । पोखरामा भीरबाट लडेर एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नम्बर १७ का ५० वर्षीय मंगल सिंह रहेका छन्।
कास्की प्रहरीका अनुसार आज बिहान ११ः३५ बजे सिंह आफ्नै घर नजिकैको लामातहरास्थित भीरबाट लडेर गम्भीर घाइते भएका थिए।
उनलाई प्रहरीको टोलीले उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याएको थियो। सिंहको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० साउन २०७९, २१ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड
फुटपाथमा पुस्तक बिक्री नगर्न महावीर पुनलाई पोखराका मेयर आचार्यको आग्रह
जेनजीको पोखरामा पनि प्रदर्शन
बेमौसममा पनि पर्यटकलाई लोभ्याउँदै पोखराको ‘असारे रोपाइँ महोत्सव’