स्थानीय निर्वाचन : अन्तरघात हुँदा २५ सीट गुमाउनुपरेको माओवादीको निष्कर्ष

सफल खबर संवाददाता

मंगलबार, १० साउन २०७९, १९ : ५२
स्थानीय निर्वाचन : अन्तरघात हुँदा २५ सीट गुमाउनुपरेको माओवादीको निष्कर्ष

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तह निर्वाचनमा अन्तरघात हुँदा २० देखि २५ सीट गुमाउनुपरेको निष्कर्ष निकालेको छ ।पार्टी स्थायी समितिले टंक राईको नेतृत्वमा बनाएको अन्तर्घात छानबिन समितिले उजुरी र स्थलगत अनुगमन गर्ने क्रममा यस्तो निष्कर्ष निकालेको हो ।

पार्टी एक ढिक्का भएको भए माओवादीले थप २० देखि २५ सीटमा जित्न सक्थ्यो भन्ने छानबिन समितिको निष्कर्ष छ ।पार्टी स्थायी समिति बैठकले गत असार २६ गते राईको नेतृत्वमा गठित समितिमा खिमलाल देवकोटा र मुक्तिनारायण प्रधानलाई सदस्य बनाएको थियो ।

छानबिन समितिले तीन हप्तादेखि अन्तरघातका विषयमा छानबिन गरिरहेको छ । अब बर्दिया र महोत्तरी जिल्लाका स्थानीय तहमा स्थलगत अवलोकन गरेपछि यो हप्ताभित्रै प्रतिवेदन बुझाउँने समितिले जनाएको छ ।

छानबिन समितिले मोरङ, ताप्लेजुङ, उदयपुर र सुनसरीमा स्थलगत भ्रमण गरी छानबिन गरिसकेको छ । माओवादीले १२१ स्थानीय तह जितेको थियो ।त्यसमा एक स्वतन्त्र समेत माओवादीमै मिसिएकाले कुल १२२ स्थानीय तहमा माओवादीको नेतृत्व छ । माओवादीमा अन्तरघात नभएको भए १५० सीट कट्ने छानबिन समितिको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस