महालक्ष्मी ट्रायल सेन्टर आजदेखी सञ्चालनमा, विद्यार्थीको भीड (भिडियोसहित)

प्रकाश सिग्देल

सोमबार, ०९ साउन २०७९, १८ : ०१
महालक्ष्मी ट्रायल सेन्टर आजदेखी सञ्चालनमा, विद्यार्थीको भीड (भिडियोसहित)

चितवन । महालक्ष्मी ट्रायल सेन्टर आजदेखी सञ्चालनमा आएको छ । साउने सोमबारको अवसर पारेर धामीृक बिधि पुर्वक ट्रायल सेन्टर सञ्चालन गरिएको अध्यक्ष डम्बर बहादुर थापाले बताए ।

चितवनमा ८ करोड रुपैयाँको लगानीमा सवारी चालक प्रशिक्षण केन्द्र निमार्ण भएको हो । भरतपुर महानगरपालिका–८ मा १५ जना युवा उद्यमीको संयुक्त लगानीमा २ बिघा ३ कठ्ठा क्षेत्रफलमा महालक्ष्मी ट्रायल सेन्टर प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएका हुन् ।

चितवनमा आगामी आर्थिक वर्ष २०७९र०८० देखि चालक सवारी अनुमतिपत्र वितरण गर्ने प्रक्रिया सुरू हुन लागेसँगै ट्रायल सेन्टर सञ्चालनमा ल्याईएको हो ।

२४ सै घण्टा सेवा दिन सक्ने गरी प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याईएको छ । प्रशिक्षण केन्द्रमा दुईचक्के सवारीदेखि हेभी सवारी साधनसम्मको लागि एकैपटक प्रशिक्षण दिन सकिने व्यवस्था मिलाइएको उनले बताए । २४ सै घण्टा प्रशिक्षण दिने उद्देश्यसहितको पूर्वाधार र जनशक्ति तयार पारेको उनी बताउछन् ।  

यातायात व्यवस्था विभागको निर्देशिका २०७४ बमोजिम नेपालकै सुविधासम्पन्न तथा ठूलो प्रशिक्षण केन्द्र रहेको सञ्चालक आर्किटेक्ट इञ्जिनियर सुजन नेपालले दाबी गरे ।

अहिले मापदण्डमै नपरेको ट्रायल सेन्टरले सर्बोच्च अदालतमा मुद्धा हालेकाले चितवनबाटै लाईसन्स जारी गर्ने बिषयमा ढिलाई भएकाले पनि  ट्रायल सेन्टर सञ्चालनमा केही ढिलाई भएको उनि बताउछन् ।

सरकारले प्रशिक्षण केन्द्रलाई छनोट गरेको खण्डमा दैनिक १ हजार जनासम्मले प्रयोगात्मक परीक्षा दिन सक्ने उनले बताए । प्रशिक्षण केन्द्रमा प्रशिक्षार्थीको लागि सवारी पार्किङ, खानेपानी, शौचालय, अपांगमैत्री भवन, चमेना गृह र टाढाबाट आउने प्रशिक्षार्थीको लागि आवाससहितको सुविधा रहेको छ ।

दक्ष प्रशिक्षक तथा जनशक्ति गरी १०० जनाले प्रत्यक्ष रूपमा रोजगारी पाउने छन्।  ट्रायल सेन्टर सञ्चालनमा आएपछी सवारी चालक अनुमती लिनका लागी सवारी सिक्ने हरुको भिड लागेको छ । 

 

प्रतिक्रिया दिनुहोस