काठमाडौं । चीनमा एमबीबीएस पुरा गर्न नपाएका विद्यार्थीले नेपालमै अध्ययन गर्न पाउने भएका छन् । नेपाल मेडिकल काउन्सिलले कोभिड–१९ कारण चीनमा एमबीबीएस पुरा गर्न नपाइ स्वदेश फर्किएका २०१६ ब्याचका विद्यार्थीले नेपालमै पढ्न पाउने जनाएको हो ।
सन् २०१६ ब्याचका विद्यार्थीलाई अन्तिम दुई वर्षको पढाई नेपालमै गर्न सक्ने व्यवस्था मिलाएको काउन्सिलका रजिष्ट्रार डा। कृष्णप्रसाद अधिकारीले बताए । सन् २०१६ ब्याचका करिब १३५ जना एमबीबीएसका विद्यार्थीको बाँकी पढाई अवधी र इन्टर्नसीप गरी बढीमा दुई वर्षको अध्ययन नेपालमै गर्न सक्ने गरी अनुमति दिइएको डा अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ साउन २०७९, १९ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
चीन र उत्तर कोरियाबीच सहकार्य विस्तार गर्ने सहमति
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट