काठमाडौं । नेकपा समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको शिक्षाबाट दीक्षित भएर नै नयाँ पार्टी खोलेको बताएका छन् ।
पुष्पलालको ४४औं स्मृति दिवसको अवसरमा कीर्तिपुरको चम्पादेवीमा आयोजित श्रद्धाञ्जली सभामा उनले पुष्पलालको शिक्षाबाट दीक्षित भएर नेकपा समाजवादी पार्टी निर्माण गरेको बताएका हुन् । ‘पुष्पलालको शिक्षा र दिक्षाबाट दीक्षित भएका हामीले नेकपा समाजवादी पार्टी क्रान्तिकारी पार्टी निर्माण गरेका छौं । त्यसको छुटै अस्तित्व छ ।’ उनले भने। आफ्नो पार्टी अरु भन्दा फरक रुपमा प्रस्तुत भएर उभिएको दाबी अध्यक्ष नेपालको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ साउन २०७९, ११ : ०९
लेखकबाट थप